रङेहात घुस लिएपछी बूढानीलकण्ठ नगरपालिकाका प्राविधिक बिनोद पौडेल पक्राउ

काठमाडौं, श्रावण २३ ।बूढानीलकण्ठ नगरपालिकाका प्राविधिक बिनोद पौडेल घुस रकम सहित पक्राउ परेका छन्। बूढानिलकण्ठ नगरपालिका वडा नं ६ स्थित होटलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पौडेललाई रंगेहात पक्राउ गरेको हो।

नगरपालिका भित्रको एक सडक निर्माण कार्य सम्झौता बमोजिम सम्पन्न भए पश्चात भुक्तानी दिने क्रममा सेवाग्राही सँग ७२ हजार घुस रकम माग गरेको सूचना पाएको आधारमा अख्तियार टोलीले पौडेललाई पछ्याएको थियो । होटल सब्रिनामा अख्तियार टोलिले उक्त रकम सहित पौडेललाई पक्राउ गरेको हो ।पौडेललाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको आयोगले जानकारी दिएको छ।
पौडेल तात्कालीन कपन गा.बि.स. हुँदा देखी कपन गा.बि.स. र हाल बूढानिलकण्ठ नगरपालिकाको प्राविधिकको रुपमा निकै सकृया हुँदै आएका छन् ।

पौडेल नगरपालिकाको प्राविधिक शाखामा कार्यरत छन् ।