अमृता के सी ( रोनी )
काठमाडौं, जेष्ठ ५ । काठमाडौं महानगरपालिका १० बानेश्वर स्थित रत्न राज्य स्कुलमा आइसोलेशन सेन्टर संचालन भएको छ।युथ अफ नेशन १०० ग्रुपका बल्बु गुप्ता नेपालीको अध्यक्षतामा स्थानिय सरकार संगको सहकार्यमा स्कुल भवनमा अक्सिजन सहितको आइसोलेशन सेन्टर संचालन गरिएको हो।करिब ३० बेडबाट सुरू गरिएको सेन्टरमा करिब ५२ वटा सम्म बेड संख्या बढाउदै लैजानै लक्ष्य रहेको जानकारी दिएको छ ।
काठमाडौंमा मात्र नभई देशकै विभिन्न ठाँउमा कोभिड १९ महामारीको समयमा सडक पेटि,मन्दिरमा बसोबास गर्ने घरबार बिहिन व्यक्तिहरुलाई खाना वितरण कार्यलाई १०० ग्रुपका स्वयंसेवकले निरन्तरता दिइ रहेका छन् । “हामीले नगरे कसले गर्ने ,अहिले नगरे कहिँले गर्ने” भन्ने मुल नाराको साथ अक्सिजन र बेडको अभाव भईरहेको अवस्थामा गरिब तथा दिन दुखिहरुको सेवाको लागि सेन्टरको उद्घाटन मंगलबार गरिएको थियो । उक्त सेन्टरमा कोरोना पोजेटिभहरुको उपचार तथा हेरबिचारको लागि ३ जना डाक्टर सहित आवश्यक चिकित्सक टोलिको व्यवस्था गरेको छ।नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण संख्या दिनहुुँ बढेकोले हस्पिटलमा बिरामीको चाप बढी भै बेडका साथै उपचारको लागि बिरामीले हार गुहार गर्नुपर्ने समस्या न्यूनीकरणको लागि सेन्टरले केही हदसम्म मदत पुर्याउनेछ।
