पोखरा
कास्की क्षेत्र नं २ को उपनिर्वाचनका लागि विद्या भट्टराई नेकपाको तर्फबाट उम्मेदवार बन्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टीले स्वर्गीय नेता रबिन्द्र अधिकारीको स्थान प्रतिनिधिसभामा रिक्त भएपछि उपनिर्वाचन गर्न लागेको हो । विद्या भट्टराई (अधिकारी) स्व. रबिन्द्र अधिकारीकी पत्नी हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकले उक्त निर्णय गरेको हो । जत फागुन १५ गते पर्यटनमन्त्री रहेका बखत रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि प्रतिनिधिसभातर्फ कास्की २ मा स्थान रिक्त भएको थियो ।
आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा सदस्य तथा स्थानीय तहका रिक्त पदका लागि उपनिर्वाचन हुने भएको छ ।
बैठकले प्रदेशसभामा भक्तपुरबाट देवीप्रसाद ढकाल र दाङबाट बिमला ओलीलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।