धन लामा / कनेक्टिकट
इन्द्रेणीको सात रंग, संगीतको सात सुर अनि त्यस्तै योगमा सातचक्र, यस्तो लाग्छ जीवन इन्द्रेणी हो l विषय ज्ञान र विज्ञान लाईजोड्ने पूलको खोजीको हो l यसपाली भाद्र शुक्ल पक्ष तृतियमापरेको हिन्दू नारीहरुको महान चाड हरितालिका तीजको रौनकलेनेपालको गाउँ/शहर र नेपालीहरु पुगेको देश/परदेश रातो रंगलेधपक्क बलेको छ । एउटा आहान छ: रातो राम्रो गुलियो मिठो ।हो, त्यही रातो रंगमा धपक्क बलेकी छे नेपाली हिन्दू नारी, अझयसरी भनौं हिन्दू संस्कृतिमा रमाउँन चाहने समस्त नेपाली नारी ।अरु बेलामा गुम्बामा जाने, जन्म–न्वारान, विवाह–मृत्यु जस्ताजीवनका घटनाहरुमा बौद्ध संस्कार अंगाल्ने कत्ति जनजातीमहिलाहरु समेत तीजको अवसरमा रातो चोली र साडीमाचिटिक्क परेर तीज पर्वको अपनत्व ग्रहण गर्दै धार्मिक/साँस्कृतिक सहिष्णुता पेश गरीरहेका छन् । धर्मको केन्द्रमाअध्यात्म लुकेको हुन्छ, एउटा नरिवलको रस जस्तै । एउटानरिवलको फलको बाहिरी भागमा कडा तह र बाहिरी बोक्रा हुन्छ, भित्र सेतो गुदी र अझ भित्र केन्द्रमा गुलियो शितल रस हुन्छ ।नरिवलको बारेमा कहिल्यै केही थाहा नभएको व्यक्तिले बाहिरीबोक्रालाई हेरेर जसरी नरिवलको सेतो गुदी र गुलियो रसकोबारेमा अनुमान लगाउँन सक्दैन त्यस्तै गरेर संस्कृतिको नाममागरिने देखासिकी र नक्कल झक्कलले धर्म र अध्यात्मको असलीगुदी र अध्यात्मिक रसको रस्वादन नै गर्न सक्दैन । जत्ति जत्तिसमाज आधुनिकताको नाममा प्रदर्शन र उपभोगतावादकोचपेटामा पर्दै जान्छ उत्ति उत्ति नै अध्यात्मको जगमा उम्रिएकोधर्मको रुख र धर्मकै हाँगा संस्कृति केवल औपचारिकता रमनोरन्जनको सस्तो साधन बन्न पुग्दछ । अनि धर्मको आत्माअध्यात्म चरम रहस्यको गर्भमा प्रवेश गर्छ । प्रसंग हिन्दूनारीहरुको महान चाड हरितालिका तीजको हो ।
आम साँस्कृतिक मान्यता अनुसार विवाहित महिलाहरुले आफ्नोपतिको सुस्वास्थ्य, आयुष वृद्धि र अविवाहित महिलाहरुलेआफ्नो लागि भगवान शिव जस्तै योग्य वर प्राप्त होस भनेरभगवान शिवको नाममा व्रत, पूजा–आराधना र नाचगान गर्दैमनाईने चाड तीज हो । तर अध्यात्मिक दर्शन र मार्गदर्शन केहीफरक छ । यो विशाल अस्तित्वमा पुरुष र प्रकृति सृष्टिकोघडीलाई गति दिने पेन्डुलमको दायाँ र बायाँ भाग हो । योविशाल अस्तित्वको पहिलो र अन्तिम पुरुष शिव हो । शिवभन्दा पर त अनन्त शून्य छ, हिन्दूहरु यसलाई मोक्ष भन्छन, बौद्धहरु निर्वाण, इसाईहरु परमेश्वरको परम सत्ता, इस्लामहरुभन्छन् अल्लाह । यसलाई यसरी बुझौं, शिव याने परम पुरुषकोचेहेरा संसार पट्टि फर्कियो र प्रकृतिसंगको आलिंगनमासंसारलाई निरन्तरता दियो । शिवको दोहोरो भूमिकालाईमध्यनजर गरौँ, शिव अदृश्य आफ्नै महाशून्य स्वरूपमासदासर्वदा विराजमान छन् । स्वयम शिव एक शून्य स्वरुपबाटदुई हुने आकांक्षाले आफ्नै शून्य सचेतनामा मनलाई जन्म दिन्छ ।मन याने स्त्री, मन याने प्रकृति, मन याने शक्ति । शक्तिकोआधारशिलामा नै शिवले जीव तर्फको यात्रा गर्दछ। मन्त्रलेमनको धरातल सम्म मात्र काम गर्छ, मनको पार मन्त्रको जरुरतपर्दैन, मन द्वन्दात्मक छ, मन द्वन्दग्रस्त क्षेत्र हो, त्यसैले शक्तिजगाउन मन्त्रहरुको उपयोग गरिन्छ । रातो रंग स्वयंममा शक्तिहो, हाम्रो शरीरमा बग्ने रगतको रंग रातो छ । शक्तिमाताहरुआफ्नो उग्रस्वरूप देखाउन आफ्नो लामो रातो जिब्रो प्रदर्शितगर्दछिन । प्रकाश एउटा उर्जा श्रोत हो, त्यही उर्जा श्रोत जुनप्रिज्मको माध्यमबाट गुज्रिंदा सात वटा विविध रंगहरुमाविभाजित हुन्छ । त्यस मध्यको रातो रंगको तरंग लम्बाई अरु सबैरंगको भन्दा बढी (७०० देखि ६३५ को ) बीचमा हुन्छ भने, तरंगआवृत्ति अत्यन्त कम याने (४३० देखि ४८० THz) को बीचमाहुन्छ । तरंग आवृत्ति कम हुनुको मतलव यो हुन्छ कि यो एकदमैअस्थीर उर्जा हो । अस्थीर यस अर्थमा कि यो ज्यादा चलायमानछ, याने बढी गतिमान छ । रातो रंग स्त्रिलिंगी हो, रातो रगतकोरजस्वलाले स्त्रीको गर्भाशयलाई नयाँ जीवनको लागि लायकबनाउँछ । कुण्डलिनी योगमा मानव शरीरमा हुने सात चक्रहरुमध्ये यौन अंग भन्दा तल मेरुदण्डको अन्तिम भागमा अवस्थितपहिलो शक्ति चक्र मूलाधार चक्रलाई, रातो रंगको प्रतिकदिईएको छ । यो नै मानवको प्रकृतिसंग सम्बन्ध राख्ने पहिलोचक्र हो । समग्र मानवमा यो शक्तिकेन्द्र विद्यमान छ तर सकृयछैन । योग शास्त्र भन्छ, यहाँ संसारका सम्पूर्ण ज्ञानहरु विद्यमानछन, केही संकल्पवान व्यक्तिहरु आफ्नो त्यही कुण्डलिनीशक्तिलाई जगाएर जीवन उर्जालाई स्वाधिष्ठान, मणिपूर, अनाहत, विशुद्धि हुँदै, दुई वटा आँखाको बीचमा (जसलाईयोगको भाषामा आज्ञा चक्र वा शिव नेत्र भन्दछन) स्थित गरेरशिव तत्वको दर्शन गर्दछन भने अझै संकल्पवान व्यक्तिहरु, आफ्नो जीवन उर्जालाई शीरको माथिल्लो भाग सहस्त्रार दलकमलमा स्थित गरेर शिवकै शून्य स्वरूप अनन्त ब्रम्ह्मामा लीनहुन्छन । तर हामी औसत मानिसहरुको लागि मूलधारबाट उठेकोजीवन उर्जा स्वाधिष्ठान चक्र ( महिला/पुरुष को जनेंद्रिय भएकोस्थान) सम्म आईपुग्दा नपुग्दै वासनाको बादलमा रुमालिनपुग्दछ र कहिल्यै त्यहाँ भन्दा माथि उठ्नै दिंदैन ।अधिकतमव्यक्तिको जीवन उर्जा यही चक्रमा घुमी रहन्छ तब उसको जीवनधन दौलत, शक्तिको भोग, कामवासना भन्दा पर कहिल्यै जानसक्दैन । यही केन्द्र संसारिक मायाको केन्द्र विन्दु हो, मायाकोगुरुत्वाकार्षण यत्ति शक्तिशाली छ कि यहाँ कस्ता कस्ता योगीमहापुरुष भनाउँदाहरू पथभ्रष्ट भएका कथा तथा जीवन्तउदाहरणहरु हामी पढ्न र देख्न पाउँछौं । अब रातो रंगको प्रसंगतर्फ फर्कौं । रातो याने प्रकृति, रातो याने शक्ति। शिवलाईसंसार प्रति कम तर शून्य प्रति रस बढी छ, शिव त चाहन्छन् कि, सारा संसार प्रकृति र शक्ति आफ्नै शून्यमा समाहित होस तरशक्ति शिव स्वयमको प्रतिरूप त हो तर एउटै देशको स्वशासितक्षेत्र जस्तो, जसले शक्तिलाई एक स्वतन्त्रताको प्रत्याभूतिदिईएको हुन्छ । शक्ति शिवको शून्यतामा विलय भएको दिनसृष्टीमा प्रलयको दिन हुनेछ । सृष्टीलाई शिव होईन शक्तिलेचलाई रहेको छ । शक्तिलाई, स्त्रीलाई शिव स्वरुपमापरमपुरुषको चाह त छ तर केवल एक वाह्य पुरुषमापरमपुरुषताको प्राप्ति सम्भव छैन । शिवको आव्हान बाह्य पुरुषप्रति होईन आफै भित्र विद्यमान शिवत्व प्रति हो, जुन स्त्री र पुरुषदुवैमा निहीत हुन्छ । जब जीवन उर्जा मूलाधारबाटस्वाधिष्ठानको गुरुत्वकार्षण बललाई परास्त गर्दै मणिपूर, अनाहत र विशुद्धि हुँदै दुई आँखाको बीच (आज्ञा चक्र) जसलाईशिव नेत्र या तेस्रो नेत्र पनि भनिन्छ मा स्थापित गर्न सफल भएमा आफ्नै शरीर भित्र शिवत्वको अनुभव गर्न सकिन्छ। नारीहरुलेआफ्नो निधारमा रातो टिका लगाउनको प्रतिकात्मक अर्थ यहीहो। यसरी टिका लगाउनले उनीहरुको चंचल मन स्थीर हुन्छकिन कि त्यहाँ त्यो विन्दुमा शिव र शक्तिको मिलन हुन्छ । अस्तु।