रामेछाप । रामेछापमा ट्याक्टर दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । रामेछापको दोरम्बा गाउँपालिकामा ट्याक्टर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापले दिएको जानकारी अनुसार सोमबार राति ९ बजेतिर दोरम्बा गाउँपालिका–४ सानो शैलुङ स्थित कच्ची सडकमा ट्याक्टर दुर्घटनामा परेको हो ।
काभ्रेपलाञ्चोक जिल्लाको जिरोकिलोबाट डिजेल बोकेर रामेछापको सानो शैलुङ तर्फ जाँदै गरेको ना ७ त ८७३ नं को ट्याक्टर सडकबाट २ सय मिटर तल खसेको थियो। दुर्घटनामा ट्याक्टर चालक दोरम्बा गाउँपालिका–७ पुडिटारका २७ वर्षीय चालक पेमा लामा र ट्याक्टरमा चढेका सोही स्थानका ५५ वर्षीया फुर्वा दोर्जेको घटनास्थलमै ज्यान गएको छ ।