काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलिले शुक्रबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम थियो ।
तर, नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभाका सदस्य दुर्गा उपाध्यायको शुक्रबार नै निधन भए पछि संसदले शुक्रबार शोक प्रस्ताव पारित गरेको छ ।
शुक्रबार नै राष्ट्रिय सभाको बैठकले समेत बहालवाला राष्ट्रिय सभा सदस्य उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
उपाध्याय आन्द्राको क्यान्सरबाट पीडित थिए ।
नेपाली काङ्ग्रेसले एक जुझारु युवा नेता गुमाएको छ ।
विसं २०२६ सालमा जन्मिएका उपाध्याय विसं २०४६ सालको जनआन्दोलनदेखि कांग्रेसमा सक्रिय थिए ।
उनी रुपन्देहीका स्थानीय हुन ।
उनी विसं २०७४ मा कांग्रेसको तर्फबाट प्रदेश नं. ५ बाट राष्ट्रियसभा सदस्य निवार्चित भएका थिए ।
प्रतिनिधिसभाको बैठक शनिबार बोलाइएको छ ।
सोही बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका छन् ।