दाङ । डिभिजन वन कार्यालय रुकुम पूर्वका सहायक वन अधिकृत रामनारायण साहको गाडीमा ज्यान गएको छ । उनलाई उपचारका लागि दाङको तुलसीपुर ल्याउने क्रममा बाटोमा गाडीमै ज्यान गएको प्रहरीले जनाएको छ । ५२ वर्षका उनी केही दिनदेखि बिरामी भएको प्रहरीको भनाई छ । उनी जनकपुरका स्थानीय हुन् ।
साहको मंसिर २१ मा सरुवा भएको थियो । रुकुम पुगेको केही दिनपछि ज्वरो र खोकी आएपछि उनले चिसोका कारण भएको ठानी तातो पानी मात्र पिएर बसेको प्रहरीको भनाई छ । तर, ज्वरो बढेपछि उनी थप उपचारका लागि २९ मंसिरमा दाङको तुलसीपुर आउन लागेका थिए ।
गाडीमा स्वास प्रस्वासमा समस्या आइ उनको ज्यान गएको बताइएको छ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याउनासाथ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।