रुरु जलविद्युत परियोजनाको प्रिमियम मूल्यमा आइपीओ खुल्यो

काठमाडौं । रुरु जलविद्युत परियोजनाको प्राथमिक साधरण शेयर (आइपीओ) प्रिमियम मूल्यमा बिक्री खुल्ला भएको छ । यसमा कम्पनीले सर्वसाधरणका लागि २० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२० रुपैयाँ दरमा ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ ल्याएको हो ।

यसमध्ये ८ हजार १५४ कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसमा चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त समयमा आइपीओ बिक्री नभएमा वैशाख ३ गतेसम्म बिक्री खुला राख्नेछ । रुरु जलुविद्युतको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर भर्न सक्ने जनाइएको छ ।