काठमाडौं । रुसी खोप स्पुतनिक भील नेपालमा आपतकालीन प्रयोग अनुमति प्राप्त गरेको छ । औषधि व्यवस्था विभागका अनुसार रुसी खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिइएको हो । नेपालमा यसअघि भारतको कोभिशिल्ड र चीनको भेरोसेल खोपले आपतकालीन प्रयोगको अनमुति पाएका छन् ।
यसमध्ये भारतीय र चिनियाँ खोपको भने प्रयोग भइसकेको छ । नेपालमा भारतले १० लाख खोप अनुदान र २० लाख खोप खरीद गरिएको छ । चीनबाट भने ८ लाख डोज खोप अनुदानमा आएको हो । रुसी खोप आपूर्ति भने निजी क्षेत्रमार्फत गर्ने तयारी रहेको छ ।