काठमाडौं । युक्रेनमाथि आक्रमण गरिरहेको रुसले पछिल्लो पटक दक्षिणी शहर खेअरसनमाथि नियन्त्रण कायम गरेका विवरणहरू आएका छन्। बीबीसीका अनुसार साढे दुई लाख जनसङ्ख्या रहेको सो शहरका मेयरले खानेकुरा र औषधि आपूर्तिको सुनिश्चितताका लागि सहायता निकाय तथा सरकारलाई गुहारेका छन्।
त्यसैगरी घाइतेहरूको उद्धारमा सघाउन पनि उनीहरुले अपिल गरेका छन्। स्थानीय परिषद्का एक सदस्यले आक्रमणमा परी दुई सयभन्दा बढी व्यक्ति मारिएको र तीमध्ये धेरै सर्वसाधारण रहेको बीबीसीले लेखेको छ ।
रुसी फौजद्वारा युक्रेनको दोस्रो ठूलो शहरमाथि कब्जा
