रेनु साढे २३ सय मतसहित अगाडी, बालेनको अग्रता साढे ८ हजार

काठमाडौं । स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी चर्चामा रहन सफल दुई महागरपालिका काठमाडौं र भरतपुरमा मतगणना जारी छ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १८ हजार मत पार गरेका छन् । पछिल्लो परिणामअनुसार शाहले १८ हजार चार सय २१ मत पाएका छन् । उनी एमालेका उम्मेदवार केशव स्थापितभन्दा आठ हजार सात सय ८३ मतले अगाडि छन् ।

स्थापितले नौ हजार ६ सय ३८ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले आठ हजार ६ सय १७ मत पाएको देखिएको छ । उता भरतपुरमा रेनु दाहालले २३३८ मतको अन्तर पुर्याएकी छिन् । कुल ३२ हजार ८९४ मत गन्दा उनको सो अन्तर भएको हो । रेनुले १२ हजार २१२ मत ल्याउँदा एमालेका विजय सुवेदीले ९ हजार ८७४ भोट पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५३३२ मत पाएका छन् ।