रोमाञ्चक खेलमा सिटीले रियललाई हरायो

Photo by AS English

काठमाडौं । १३ पटकसम्म च्याम्पियन बनेको रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीसँग हारेको छ । घरेलु मैदानमा मंगलबार राति भएको रोमाञ्चक खेलमा सिटीले रियललाई ४-३ गोलले हराएको हो । सिटीका केभिन डे ब्रुएन, ग्रावियल जेसस, फिल फोडेन र बर्नाडो सिल्भाले गोल गरे । रियलका कप्तान करिम बेन्जेमाले दुई तथा भिनिसियस जुनियरले एक गोल गर्नुभयो । खेलमा सुरुवाती अग्रता सिटीले लिएको थियो ।

दोस्रो मिनेटमै ब्रुएनले गोल गरे । ११औँ मिनेटमा जेससले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । रियलले ३३औँ मिनेटमा पहिलो गोल फर्कायो । बेन्जेमाले गोल गगरे । ५३औँ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए । दुई मिनेट लगत्यै भिनिसियसले उत्कृष्ट गोल गर्दै रियललाई खेलमा कायमै राखे । ७४औँ मिनेटमा सिल्भाले गोल गरेपछि सिटीलाई जिततर्फ अगाडी बढाए । ८२औँ मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गरेका थिए । दोस्रो लेग मे ५ तारिख हुनेछ ।