रोहिङ्ग्या शरणार्थी शिविरमा भएको आगलागी स्थलमा १५ शव भेटिए, ४ सय जना अझै वेपत्ता

Photo : AA.COM

ढाका । दक्षिणी बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरमा सोमबार भएको भिषण आगलागी स्थलबाट कम्तिमा १५ जनाको शव भेटिएको छ । करीव १ सय घर जलेर खरानी भएको यो घटनामा थप मानवीय क्षति भएको अनुमान छ । आगोलागी नियन्त्रण्मा आएसँगै खोजी कार्य तिब्र बनाइएको थियो ।

अधिकारीहरुका अनुसार १५ जनाको शव भेटिएको छ । शव जलेको अवस्थामा थिए । रोहिङ्ग्या शरणार्थी बसेको यो स्थानमा बाँस र काठको सहारामा घर बनाइएका थिए । रोहिङ्ग्या शरणार्थी म्यानमारबाट भागेर बंगलादेशमा शरण लिन आएका हुन् ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (युएनएचसिआर) का प्रवक्ता लुइज डोनोभानका अनुसार कम्तीमा ४०० जना हराइरहेका छन् । ५६० जना भन्दा बढी घाइते छन् । यो घटनापछि ४५ हजारभन्दा बढी व्यक्ति विस्थापित भएको समेत अधिकारीहरुले जनाएका छन् । म्यान्मारबाट करीव १० लाख शरणार्थी सन् २०१७ मै बंगलादेश प्रवेश गरेका हुन् ।