जोर्ज फ्लोइडको घाटी थिच्ने प्रहरी दोषि ठहर

(Dave Schwarz/St. Cloud Times via AP)

मिनिआपुलिस । अमेरिकाको मिनिआपुलिसको सडकमा भएको अफ्रिकी-अमेरिकी जोर्ज फ्लोइडको हत्यामा घाटी थिच्ने प्रहरी अधिकारी दोषि ठहर भएका छन् । अमेरिकाको एक जुरीले गत वर्ष भएको यो घटनामा उनलाई दोषि हठर गरेको बीबीसीले लेखेको छ ।

गत वर्षको मे महिनामा फ्लोइडको गिरफ्तारीका बेला ४५ वर्षीय श्वेत जातिका प्रहरी अधिकारी डेरेक शोभिनले नौ मिनेटभन्दा बढी समयसम्म घुँडाले उनको घाँटी थिचेको दृश्य छायाङ्कन गरिएको थियो। यो भिडियो विश्वव्यापी रुपमा भाइरल समेत भएको थियो । यसमा जातिवाद र प्रहरीद्वारा अधिक बल प्रयोग भएको भन्दै प्रहरीविरुद्ध विश्वव्यापी प्रदर्शन समेत भएको थियो ।

REUTERS\BBC

बीबीसीका अनुसार शोभिनलाई तीनवटा अभियोगमा दोषी ठहर भएका छन् । जसमा सेकेन्ड डिग्री हत्या, थर्ड डिग्री हत्या र आशय बिनाको गैरकानुनी हत्या रहेको छ । सेकेण्ड डिग्रीमा हत्याको आशय हुनुपर्छ तर त्यो पूर्वनियोजित हुँदैन । थर्ड डिग्री हत्यामा प्रतिवादीले पीडितलाई मार्न खोजेको भन्ने प्रमाण आवश्यक पर्दैन। त्यहाँ कारबाही खतरनाक भए पनि खासगरी ज्यान लिन खोजिएको हुँदैन।

जेल सजायको घोषणा नहुन्जेल अब शोभिन हिरासतमा रहनेछन् । उनीमाथि चार दशकभन्दा लामो समय जेल सजाय हुन सक्ने बताइएको छ । निर्णयपछि अदालतबाहिर मानिसहरुले खुसी मनाएका छन् ।