काठमाडौं । काठमाडौं महानगरपालिकाले र्याप गायक यमबुद्धको सालिक बनाउन बजेट छुट्याएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा स्वर्गीय र्यापर यमबुद्धको सालिक निर्माण गर्न बजेट राखेको हो ।
महानगरपालिकाले १५ लाख रुपैयाँ यमबुद्धको सालिक निर्माणका लागि विनियोजन गरेको बताइएको छ । ‘हिपहप र नेपहप जेनरा’को श्रीवृद्धिका पुर्याएको योगदानको कदर गर्दै यमुद्धको सालिक निर्माण गर्न लागिएको महानगरको तयारी छ । यमबुद्धको सालिक कहाँ स्थापना गर्ने भन्ने तय भने नभएको बताइएको छ ।