लगातार दुई खेल हारेको नेपालको टी-२० वरियता एक स्थान झर्यो

File

काठमाडौं । लगातार दुई खेल हारेको नेपालको आइसीसी टी २० वरियता एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो टी २० वरीयतामा नेपाल एक स्थान तल झरेको हो । नेपाल १३ औं स्थानमा आएको छ । यसअघि १२ औं स्थानमा थियो । ओमानमा सोमबार सम्पन्न चारदेशीय टी २० सिरिजमा तीन खेलमध्ये एक खेलमा मात्र नेपाल विजयी भएको छ ।

दुई खेल हारेको छ । नेपालले पहिलो खेलमा ओमानलाई हराए पनि यूएई र आयरल्याण्डसँग भने हार्यो । एसोसिएटबाट सबैभन्दा अगाडि रहेको युएईले १८७ रेटिङ पाएको छ। नेपालले १८६ पाएको छ । १४ औं स्थानमा रहेको स्कटल्याण्डले १८५ रेटिङ पाएको छ । १५औं स्थानमा आयरल्याण्डले १८४ रेटिङसहित छ । ओमान १८औं स्थानमा छ। नेपालले शुक्रबारदेखि ओमानमा टी-२० विश्वकप छनोट खेल्दैछ ।