ललितपुरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

ललितपुर । ललितपुर जिल्लामा आइतबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएका छन् । ललितपुर जिल्ला प्रशासन कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कार्तिक २ गतेदेखि अर्को सूचना नभएसम्मको लागि त्यसरी सेवा स्थगित गरिएको जनाएको हो ।

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसीएमसी)को निर्णय अनुसार ललितपुरमा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको बताए ।

स्थानीय निकाय र सवै सरोकारवाला निकायसँगको छलफल डिसिसीएमसीले सो निर्णय गरेको विज्ञप्तीमा जनाइएको छ । ललितपुरमा ‘विद्युत्त, खानेपानी र टेलिकम जस्ता सेवाहरु भने बन्द नहुने भट्टले बताए । शुक्रबार मात्रै ललितपुरमा तीन सय ७४ जना नयाँ संक्रमित थपिएका थिए ।