ललितपुरमा चिरिबाबुको निरन्तर अग्रता, उम्मेदवारी नै नपरेको रुखमा भोट जाँदा उपमेयरमा माओवादीलाई घाटा

ललितपुर । ललितपुर महानगरपालिकामा ललितपुर महानगरपालिकामा अहिलेसम्म २१ हजार ४२६ मत गणना भएको छ । यसमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ११ हजार ९२० मतसहित अगाडी छन् । उनी शुरुवाटै अगाडी दिए । उनलाई नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ५ हजार ५७० र राप्रपाका अष्ट महर्जनले ९९८ मतसहित पच्छ्याइरहेका छन् । उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार मन्जली शाक्यको अग्रता छ ।

उनले ५ हजार ९८३ मत पाउँदा नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले ४ हजार ५६६ मतसहित पछ्याइरहेका छन् । स्वर्णिमा शाक्यको पक्षमा १ हजार ८३२ मत परेको छ । ललितपुरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेका थिए । कांग्रेसले मेयर र माओवादीले उपमेयर पदमा प्रतिस्पर्धा गरेका छन् । तर उपमेयर पदमा उम्मेदवारी नदिएको कांग्रेसको रुख चिह्नमा ३ हजार २८० परेको छ । जसले गर्दा माओवादीलाई घाटा परेको छ ।