ललितपुरमा जब जमिन भासियो…

काठमाडौं । ललितपुरको बखुण्डोलमा जमिन भासिएको छ । एउटा घर पूर्ण रुपमा तथा अर्को निर्माणाधीन ५ तले घर भासिएका छन् । यीसहित वरिपरिका गरी ५ वटा घर जोखिम अवस्थामा छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार प्रारम्भिक रुपमा देखिएका ५ वटा घर जोखिममा छन् ।

घटनाको जानकारीपछि गएराति सुरक्षाकर्मीको टोली जोखिम क्षेत्रमा पुगेको थियो । स्थानीय बासिन्दालाई गएराति नै सुरक्षित ठाउँमा सारिएको छ । घटनाको जानकारी लिएर जमिन भासिनुको कारणबारे प्राविधिकले अध्ययन थालेका पनि प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिएका छन् ।