ललितपुर महानगरको मतगणना शनिबारबाट, काठमाडौंमा मध्यरातिबाट

काठमाडौं । ललितपुर महानगरपालिकाको मतगणना भोलि मात्रै सुरु हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय कार्यालय ललितपुरका अनुसार शनिबार विहान मात्रै ललितपुर महानगरपालिकाको मतगणना सुरु गर्ने गरी मतपेटिका संकलन भइरहेको छ । शनिबार विहान ७ बजे मात्रै ललितपुरमा सर्वदलीय बैठक डाकिएको छ । त्यसपछि मतगणना शुरु हुने छ ।

सर्वदलीय-सर्वपक्षीय बैठकमा सहमति भएमा काठमाडौं महानगरपालिकामा भने मतगणना आजै रातिबाट हुनेछ । तर, सवा १० बजेसम्म बैठक बसेको छैन । सबै मतपेटिका आएपछि सर्वदलीय तथा सर्वपक्षीय बैठक पछि मात्र मतगणना हुने छ ।