ललितपुर २ मा एमाले विजयी, गठबन्धनका उम्मेदवार चौथो

काठमाडौं । ललितपुर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन विजयी भएका छन् । सोमबार राति सम्पन्न मत गणनामा उनी ९ हजारभन्दा बढी मतान्तरले विजयी भए । गठबन्धन यो क्षेत्रमा चौथो बनेको छ । एमालेका महर्जनले १९ हजार ८३४ मत पाए ।

दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले १० हजार ४४० मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १० हजार १३६ मत पाए । सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका कृष्णलाल महर्जनले मात्र ९ हजार ५३९ मत पाए ।