अमृता के सी ( रोनी )
काठमाडौँ,जेष्ठ २०।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कोभिड–१९ का कारण जारी भएको निषेधाज्ञाले राजधानी सहित देशका धेरै जसो अस्पताल र रक्तकेन्द्रमा रगतको चरम अभाव भएपछि कान्तिपुर अस्पताल रक्त संचारको प्राविधिक सहयोगमा बुधबार रक्तदान कार्यक्रम गरिएको हो। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियस र गोकर्ण महिला संजालको संयोजनमा गोकर्णेश्वर नगरपालिका वडा नं १ स्थित वी पी चोक सुन्दरीजल र गोकर्णेश्वर नगरपालिका वडा नं ४ गोकर्णमा आकस्मिक रक्तदान गरिएको छ ।स्वास्थ्य मापदण्डअनुसार सुरक्षित तवरले गरिएको रक्तदानमा महिला संजालको नेतृत्वमा गोकर्णेश्वर नगरपालिकाकी उप प्रमुख शान्ति नेपाल र लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसको संस्थापक अध्यक्ष विख्यात प्रसाद थपलियाले गरेका थिए। कार्यक्रममा नगरपालिकाकी उप प्रमुख नेपालले “रक्तदान,जिवनदान,पुण्यकाम ” भन्दै कोभिडको महामारिमा पनि रक्तदान गरी रक्त अभावमा जीवन मृत्यु संग लडेकाहरुको जीवन बचाउन रक्तदाताहरुले खेलेको भूमिका प्रती आभार व्यक्त गरेकी थिइन् ।

उक्त आकस्मिक रक्तदानमा लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसबाट ३७ पिन्ट र गाेकर्ण महिला संजालबाट १८ पिन्ट रगत संकलन भएको जानकारी आयोजकले विश्व न्युजलाई जानकारी गराएका छन् । हालको विषम परिस्थितिमा खेर जाने रगत स्वास्थ्य व्यक्तिलाई हरेक तीन महिनामा एक पटक रक्तदान गर्न समेत आयोजकले सम्पूर्ण रक्तदाताहरुलाई अनुरोध गरेको छ।कार्यक्रममा धेरै जना रक्तदाताहरुले रक्तदान गर्न इच्छा देखाए पनि स्वास्थ्य लगायतको कारणले गर्दा रक्तदान गर्न नसकेको जानकारी गराउदै कार्यक्रममा उपस्थित सम्पूर्णलाई आयोजकले धन्यवाद समेत दिएको छ।


