अमृता के सी ( रोनी )
काठमाडौँ /लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गत लायन्स क्लब अफ काठमाडौँ जर्नी र नेपाल मेडिकल कलेज ट्रेड युनियनले संयुक्त रूपमा आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ।चैत १ गते आइतबार गोकर्णेश्वर वडा नम्बर ८ स्थित अत्तरखेलको नेपाल मेडिकल कलेज प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा ७१ जना रक्तदाताले रक्तदान गरेका छन्।सो कार्यक्रममा नेपाल रक्तसञ्चार सेवा भक्तपुर शाखाको प्राविधिक सहयोग रहेको थियो।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना ,पुर्व डिस्ट्रिक गभर्नर एबम हङगर रिलिफ मल्टीपल डिस्ट्रिक कोर्डिनेटर लायन कुमार राज सुवेदी, लायन उमेश ढुंगाना ,नेपाल मेडिकल कलेज आधिकारिक ट्रेड युनियनका अध्यक्ष किरण केसी, परिवर्तनशिल महिला समाजकि अध्यक्ष लक्ष्मी पुडासैनी, समाजसेवी भावना ठकुरी,लायन जयराम बिष्ट,गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष संजय लामा लगायत आयोजक संस्थाका पदाधिकारी सहित स्वास्थ्यकर्मी र रक्तदाताको उपस्थिति रहेको थियो।कार्यक्रममा रक्तदाताहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

बढ्दो रगतको अभाव पूर्ति गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको लायन्स क्लब अफ काठमाडौँ जर्नीकी अध्यक्ष रोजीना बिष्टले जानकारी विश्व न्युजलाई दिइन्।
बिष्टले धेरै जना रक्तदाताहरुले रक्तदान गर्न इच्छा देखाए पनि स्वास्थ्य लगायतको कारणले गर्दा रक्तदान गर्न नसकेको जानकारी गराउदै रक्तदान जीवनदान,रक्तदान महादान,रक्तदान पुण्यकाम भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै रगत दान गर्ने तथा कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई क्लबको तर्फबाट धन्यवाद दिएकी छिन्।
