अमृता के सी ( रोनी )
काठमाडौं, श्रावण ३२।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गत लायन्स क्लब अफ काठमाडौं जर्नीले फलफूल, पानी, माक्स र सेनिटाइजर वितरण गरेको छ।गोकर्णेश्वर मन्दिर परिसरमा सोमबार लायन्स क्लब जर्नीले गरेको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, गो.न.पा. वडा नं ८ का वडा अध्यक्ष मनोज ढुंगाना, गोकर्ण प्रहरी प्रभाग प्रमुख रामजी घिमिरे लगायत लायन्स क्लब जर्नीका पदाधिकारीहरुको उपस्थित रहेको थियो।

गोकर्णेश्वर मन्दिरमा साउनको अन्तिम सोमबारमा शिवजीको पुजा आराधना सहित ब्रत थन्काउने ब्रतालुको भिडभाड हुने भएकोले श्रद्धालु भक्तजनहरुको सुरक्षाको लागि माक्स र सेनिटाइजर वितरण कार्यक्रम गरिएको वर्ष २१/२२ का अध्यक्ष लायन विशाल भण्डारी जानकारी गराए।साथै धार्मिक ठाउँमा विशेष गरि पर्वहरुमा श्रद्धालु भक्तजनलाई रोक्न नसकिने भएकोले संक्रमण दिनहुँ बढी रहेको विषम परिस्थितिमा संक्रमणलाई बढ्न नदिन कार्यक्रमको आयोजना गरेको बताए।

“हामी सेवा गर्छौं ” भन्ने भाव बोकेर सेवामा समर्पित लायन्स क्लब अफ काठमाडौं जर्नीले मन्दिरमा आउनु भएको साथै बोलबम जाने भक्तजनहरुलाई सेनिटाइजर लगाइ दिदै फलफूल, पानी, र माक्स करिब ३०० जनालाई वितरण गरेको थियो ।

