लायन्स क्लब डिस्ट्रिक्ट ३२५ को इन्टरनेशनल डाइरेक्टरमा बुर्लाकोटीको उमेदवारी

काठमाडौँ । मानवीय सेवामा क्रियाशील सामाजिक परोपकारी अन्तर्राष्ट्रिय संस्था लायन्स क्लबको डिस्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सन आगामी जेठ २१ र २२ गते हुँदैछ । कन्भेन्सनबाट इन्टरनेशनल डाइरेक्टर छनोट हुनेछ । इन्टरनेशनल डाइरेक्टरमा नेपालका बालकृष्ण बुर्लाकोटीको उम्मेदवारी दिएका छन् । उनीसँग खगेन्द्र सिटौला र शम्भु घिमिरे प्रतिष्पर्धामा उत्रिएका छन् । नेपालमा ए१, ए२, बी१ र बि२ गरी चार वटा डिस्ट्रिक्ट छन् । चारवटै डिस्ट्रिक्टमा चुनावी माहोल शुरु भएको छ ।
को हुन् बालकृष्ण बुर्लाकोटी ?
लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका पूर्वगभर्नर बुर्लाकोटी लायन्स क्लब मल्टिपल डिस्ट्रिक ३२५ नेपालका पूर्व चियरपर्सन हुन् । मल्टिपलमा लायन्स फन्डको सुरुवात गर्नेदेखि मल्टिपलको सचिवालयलाई चलायमान बनाउँदै संस्थागत गर्न उनले महत्वपूर्ण भूमिका खेलेका छन् । मुलुक र जनताको समस्यामा सदैव क्रियाशील बुर्लाकोटी व्यक्तित्व आवश्यक सहयोगका हात अगाडि बढाउन कहिल्यै पछि परेनन् ।

विश्वका २ सय भन्दा बढी देशमा सक्रिय लायन्स अन्तर्राष्ट्रियमा उनले आफ्नो गभर्नर कालमा धेरै नयाँ रेकर्ड बनाएका छन् । लायन्सको सय वर्षको इतिहासमा पहिलो पटक एकै कार्यकालमा १०० वटा क्लब खोलेर उनले विश्व रेकर्ड बनाएका थिए । २ हजार ८ सय ६३ मेम्बरसिप ग्रोथ तथा सय वटा एमजेएफ कन्ट्रिव्युसन गराउन उनी सफल भएका थिए ।

नेपाल लायन्स फाउण्डेसनमा १ करोड ३१ लाख ५० हजार रुपैयाँ रकम थप गराएका थिए । गभर्नर हुँदा होस् वा अन्य जिम्मेवारीमा रहँदा उनले लायन्समार्फत सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका छन् । लायन्स अन्तर्राष्ट्रियको सिकागो कन्भेन्सन, लस भेगस कन्भेन्सनमा आफ्नो महत्वपूर्ण प्रस्तुति राखिसकेका बुर्लाकोटीले इसामे एरिया फोरम कलकत्तामा पनि विषेश प्रस्तुत राख्न सफल भएका छन् ।

सकारात्मक सोचका साथ अगाडी बढेका उनी स्वतन्त्र र स्वच्छ छविका मानिन्छन् । असल व्यवहार, उच्च नैतिकवान चरित्र आत्मसाथ गर्ने भएकाले बुर्लाकोटलीको जित निश्चित रहेको उनको चुनावी अभियानमा होमिएकाहरुले बताएका छन् ।
इन्टनेशनल डाइरेक्टर बनेपछि आफूले संसारभर नेपाललाई चिनाउन लागिपर्ने उनले प्रतिबद्धता जनाए ।