काठमाडौं । कप्तान लिओनल मेसीका लागि कीर्तिमानी खेलमा बार्सिलोनाले बलियो प्रतिद्धन्द्धी रियल सोसिडाडमाथि ६-१ को रवाफिलो जित निकालेको छ । आइतबार राती मेसीले क्लबका लागि सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान राख्न सफल भए । यस खेलमा उनले दुई गोल र एक असिष्ट गरे ।
खेलमा बार्सिलोनाले सोसिडाडलाई उसकै मैदानमा फराकिलो अन्तरले हराएको हो । बार्सिलोनाका लागि सर्वाधिक ७६७ खेल खेल्ने जाभीको कीर्तिमान मेसीले तोका छन् । अब मेसीले बासिलोनाका लागि ७६८ खेल खेलेको रेकर्ड बनेको छ । आजको खेलमा बार्सिलोनाका लागि मेस्सीले ५६औं र ८९औं मिनेटमा गोल गरे ।
सर्जिनो डेस्टले ४३औं र ५३औं मिनेटमा गोल गरे । एन्टोनी ग्रीजमनले ३७औं र उसमान डेम्बेलेले ७१औं मिनेटमा गोल गरेका हुन् । सोसिडाडका लागि एन्डर बारेनेट्जाले ७७औं मिनेटमा एक गोल फर्काएका थिए ।
जितसँगै बार्सिलोना ला लिगा अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ । २८ खेलबाट ६२ अंक भएको बार्सिलोना एट्लेटिको मड्रिड भन्दा ४ गोलले पछाडी छ । रियल मड्रिडको भने ६० अंक छ ।