लालिगा : रियल मड्रिडले शीर्ष स्थान जाने मौका गुमायो

Ángel Martínez/Getty Images

काठमाडौं । सेभियासँग २–२ गोलको बराबरी खेलेसँगै स्पेनिस ला लिगामा रियल मड्रिडले शीर्ष स्थान कब्जा गर्ने मौका गुमाएको छ । बराबरीले सेभियाको उपाधी यात्रामा समेत धक्का लागेको छ । यो नतिजापछि शीर्ष स्थानको एटलेटिको मड्रिड भने खुसी हुने छ । अब सिजनमा सबै टीमले तीन खेल खेल्न बाँकि रहेको छ । त्यसमध्ये एक खेलसमेत गुमाएमा त्यो टोलीको हातबाट उपाधी उम्कने छ ।

आइतबार राती भएको खेलमा इन्जूरी समयमा सेभियाका डिएगो कार्लोसले आत्मघाती गोल गरेपछि रियल बराबरी गर्न सफल भएको हो । फर्नान्डो रेगेजले २२ औं मिनेटमा गरेको गोलमार्फत सेभियाले अग्रता लियो । मार्को एसेन्सियोले ६७ औं मिनेटमा बराबरी गोल गरे ।

७८ औं मिनेटमा इभान राकिटिचले पेनाल्टीमा गोल गरे । सेभिया अगाडी रहेको समयमा आत्मघाती गोल उसका लागि ब्याडलक बन्यो । यो खेलपछि एट्लेटिको ७७ अंकसहित शीर्ष स्थानमा रहेको छ । रियल र बार्सिलोनाको समान ७५ अंक । समान खेलबाट सेभियाको ७१ अंक छ ।