लियोनल मेसीले जिते कीर्तिमानी सातौं पटक बालोन डिओर अवार्ड

पेरिस । संसारका उत्कृष्ट फुटबल खेलाडीबाट सर्वोकृष्ट एक जनालाई प्रदान गरिने प्रतिष्ठित बालोन डि’ओर अवार्ड अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेसीले जितेका छन् । उनले यो अवार्ड कीर्तिमानी सातौ पटक जिते । यस्तो रेकर्ड बनाउने उनी एक्ला खेलाडी हुन् । बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन गई व्यवसायी फुटबल खेलिरहेका मेसीले बार्यन म्युनिख तथा पोल्याण्डका रोबर्ट लेभान्डोस्की, चेल्सी तथा इटलीका जोर्जिन्हो र रियल मड्डिड तथा फ्रान्सका करिम बेन्जिमालाई उछिनेका हुन् ।

३४ वर्षका मेस्सीले यो वर्ष अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । यस वर्ष उनले कुल ४० गोल गरेका थिए । अवार्डका लागि विश्वभरका १८० पत्रकारले मतदान गर्छन् । सन् २०२० मा कोरोनाका कारण अवार्ड वितरण गरिएन । मेसिले २००९, २०१०, २०११, २०१२, १०१५, २०१९ र २०२१ गरी सात पटक यो अवार्ड जिते ।