काठमाडौं । लोकसेवा आयोगको सर्भर ह्याक गर्ने तीन जना ह्याकर पक्राउ परेका छन् । उनीहरुले सिस्टम ह्याक गरी परीक्षार्थीलाई जथाभावी एसएमएस गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । लोक सेवा आयोगको सर्भर ह्याक गरी ९ हजार जनाको टेलिफोन नम्बरमा जथाभावी एसएमएस गरेको आरोप प्रहरीको छ ।
प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट १ जना र पोखराबाट २ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका ९ सानोगाउँका २५ वर्षका विवेक महर्जन, कास्कीको पोखरा महानगरपालिका छोरेपाटनका १७ वर्षका युवक र घारीपाटनका १५ वर्षिय युवक पक्राउ परेका हुन् ।
उनीहरुमाथि सरकारी सूचना प्रवाहको आधिकारिक विद्युतीय माध्यममा अनधिकृत पहुँच पुर्याई विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद ९ बमोजिमको कसूर लागेको छ ।