वरियतामा १ सय ३ स्थान माथि रहेको बलियो टोली इराकसँग नेपाल भिड्दै

काठमाडौं । आज नेपाल र इराकबीच मैत्रिपूर्ण फुटबल हुँदैछ । नेपाली समय अनुसार राती १० बजेर १५ मिनेट जाँदा खेल शुरु हुने तालीका रहेको छ । इराकको किंग सलमान स्र्पोट्स सिटी स्टेडियम नेपालले फिफा वरियतामा आफुभन्दा १ सय ३ स्थान माथिको बलियो प्रतिस्पर्धीको सामना गर्न लागेको हो । नेपाल फिफा वरियतामा १७१ औं स्थानमा छ । इराक ६८ औं स्थानमा रहेको छ ।

यो खेल फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को दोस्रो चरणका खेल सुरू हुने पूर्वसन्ध्यामा हुँदैछ । सोहीकारण नेपालको तयारीका लागि महत्वपूर्ण मानिएको छ ।

इराकसँगको मैत्रीपूर्ण खेलअघि नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यो खेलमा नतिजा भन्दा प्रदर्शनमा टीमको ध्यान रहने बताएका छन् । इराक समेत विश्वकप छनोटको तयारीका सिलसिलामा नेपालसँग मैत्रीपूर्ण खेलमा उत्रन लागेको हो । इराकको खेलपछि नेपाली टिम स्थलमार्गबाट विश्वकप छनोट खेल्न कुवेत जाने कार्यक्रम छ ।


यस्तो छ नेपाली टीम
गोलकिपर
: किरणकुमार लिम्बु (कप्तान) दीप कार्की, विशाल सुनार
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, विकास खवास, सुमन अर्याल
मिडफिल्डर : मनिष डाँगी, कमल थापा, एरिक विष्ट, विशाल राई, सुनील बल, सन्तोष तामाङ, सुरज ज्यू ठकुरी, आयुष घलान, पुजन उपरकोटी
फरवार्ड : अभिषेक रिजाल, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा, अन्जन विष्ट