विप्लव समूहद्वारा मोरङमा शिक्षकको गोली हानी हत्या

काठमाडौं । मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या भएको छ ।

मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो ।

मंगलबार बिहानै उनलाई घरबाटै ‘अज्ञात समूह’ले अपहरण गरेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले बताए ।

नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले श्रेष्ठलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

प्रहरीले हत्या गर्नेहरूको खोजी गरिरहेको जनाएको छ । श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेको थिए ।