विमलेन्द्र निधि कांग्रेस सभापतिमा उठ्ने

काठमाडौं । आगामी १४औं महाधिवेशनमा विमलेन्द्र निधिले कांग्रेस सभापतिमा उमेदवारी दिने भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापति उठ्ने बताइसकेका छन् । देउवाले शनिबार प्रदेश २ का नेताहरुलाई भेट्दै आफू सभापति उठ्ने बताएका थिए । सोही क्रममा निधिले आफु समेत सभापतिमा उठ्ने बताएका हुन् । उनले आफूले यसअघि पनि यो बारे सभापतिलाई भनेको भन्दै स्मरण गराएका थिए ।

उनले सभापतिमा देउवाको समर्थन चाहेको समेत बताएका छन् । निधि देउवा खेमाकै नेता हुन् । केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म हुनेछ । यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । चुनावको पूर्वसन्ध्यानमा हुन लागेको यो नेतृत्वले आगामी ५ वर्ष पार्टी मात्र नभई सरकारको समेत संचालनमा भूमिका खेल्न सक्छ ।