काठमाडौं । विश्वकप क्रिकेटमाअफगानिस्तानले इंगल्याण्डलाई ६९ रनले हराउन सफल भएको छ । २८४ रनको लक्ष्य पछ्याएको इंगल्याण्डले ४०.३ ओभरमा २१५ रन बनाएर अलआउट भयो । इंगल्याण्डका ह्यारी ब्रुकले ६६, डाविन मालनले ३२, आदिल रसिदले २०, मार्क वुडले १८, रिस टोप्लेले अविजित १५, लाइम लिभिङस्टोन र साम करनले १०–१० रन बनाए।
अफगानिस्तानका रासिद खान र मुजिबउर रहमानले ३–३ विकेट लिए भने मोहम्मद नाबीले २ र फजलहक आरुकी र नवीन उलहकले १–१ विकेट लिए । पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९।५ ओभरमा सबै विकेट गुमार २८३ रन बनाएको थियो ।
उसका लागि ओपनर रहमुल्लाह गुर्बाजले ८०, इक्राम अलिखिलले ५८, इब्राहिम जार्डन र मुजिबउर रहमानले समान २८, रासिद खानले २३ र अज्मतुल्लाह ओमरजाइले १९ रनको योगदान गरे । बलिङतर्फ इंगल्याण्डका आदिल रसिदले ३, मार्क वुडले २, रिस टोप्ले, लाइम लिभिङस्टोन, जोय रुटले समान १–१ विकेट लिए । सन् २०१५ पछि अफगानिस्तानले विश्वकपमा पहिलो जित निकालेको हो । कुल १६ खेल खेल्दा यो दोस्रो जित हो ।