विश्वकप छनोट: अर्जेण्टिना बराबरीमा रोकियो-ब्राजिलको जित

काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्गत शुक्रबार बिहान सम्पन्न भएका खेलमा अर्जेण्टिना बराबरीमा रोकिएको छ । ब्राजिलले भने सानदार जित निकालेको छ । ब्राजिलले भेनेजुएलाविरुद्ध ३–१ पुनरागमन जित निकाल्न सक्यो । शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलले एक गोलले पछि परेको स्थिति उल्टाएर जित हात पारेको हो ।

जितका लागि माक्विन्होस् ग्याब्रियल जिसस र एन्टोनीले गोल गरेका थिए। अर्को खेलमा अर्जेन्टिना पाराग्वेसँग गोलरहित बराबरी खेलेको छ । छनोटमा चौथो बराबरी खेलेको अर्जेन्टिना ९ खेलबाट ५ जित र ४ बराबरीको नतिजासहित १९ अंक जोडेर दोस्रो स्थानमा छ ।

पाराग्वे १० खेलबाट १२ अंकसहित छैटौं स्थानमा छ । अपराजित ब्राजिल भने पहिलो स्थानमा छ । अर्को खेलमा उरुग्वे र कोलम्बियाले पनि गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । उरुग्वे १० खेलबाट १६ अंकसहित चौथो र कोलम्बिया १४ अंकसहित पाँचौ स्थानमा छन् ।