विश्वकप छनोट : आज नेपाल र फिलिपिन्स भिड्दै

File

काठमाडौं । आईसीसी टी-२० ग्लोबल क्वालिफायरअन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा आज नेपाल र फिलिपिन्स भिड्दैछन ।

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा यो खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि सुरु हुदैछ ।

यसअघि पहिलो खेलमा शुक्रबार घरेलु टोली ओमानलाई ३९ रनले हराएको थियो । ग्लोबल क्वालिफायरको नवआगन्तुक टोली फिलिपिन्सले शुक्रबार क्यानडासँग ११८ रनको हार ब्यहोरेको थियो । फिलिपिन्सलाई हराउन सके नेपालले सेमिफाइनल यात्रा  निश्चित गर्नेछ ।