काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोवल क्वालिफायर अन्तर्गत आज सेमिफाइनल चरणका खेल हुँदैछन् । नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेल्दै छ । अन्तिम खेलमा क्यानडालाई ८ विकेटले हराएको नेपाल समूह बीको विजेता हो । यूएई समूह एको उपविजेता हो । दोस्रो सेमिफाइनल खेल समेत आजै हुनेछ । अर्को खेल ओमान र आयरल्याण्डबीच हुनेछ ।
आयरल्याण्ड समूह एको विजेता हो भने ओमान समूह बीको उपविजेता हो । दुवै सेमिफाइनल खेल आज अपराह्न पौने चार बजे ओमानको अल अमेरात रंगशालामा एकै समयमा हुनेछन् । यूएईलाई हराए नेपालले विश्वकपको टिकट काट्ने छ ।