विश्वकप : वेल्समाथि इंग्ल्याण्डको जित, दोस्रो चरणमा प्रवेश

काठमाडौं । इंग्ल्याण्ड टीम विश्वकप फुटबलमा दोस्रो चरणमा प्रवेश गरेकोछ । मार्कस राशफोर्डले उत्कृष्ट प्रदर्शन गरेको यो खेलमा इंग्ल्याण्डले वेल्समाथि ३–० को सहज जितसहित समूह बी को विजेताका रुपमा फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो ।

वेल्स विश्वकपबाट बाहिरियो । नकआउट चरणमा पुग्नका लागि वेल्सले कि इंग्ल्याण्डलाई हराउनुपर्ने थियो वा इरान र अमेरिकाबीचको खेल बराबरीमा सकिनुपर्ने थियो । वा, सो खेलमा चार गोलको अन्तरमा जित हार हुनुपर्ने थियो ।


खेलमा इंग्ल्याण्डले कुनै पनि समय दवावको सामना गर्नुपरेन । पहिलो हाफको तुलनामा दोस्रो हाफमा उनीहरु पूर्णतः हाबी थिए । क्वाटरफाइनल प्रवेशका लागि इंग्ल्याण्डले सेनेगलसँग खेल्नेछ ।