काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नाघेको छ ।
बिहिबार बिहानसम्मको आङ्कडा अनुसार ५० लाख ७९ हजार ८९५ जना संक्रमित भएका छन् । महामारीबाट विश्वभर ३ लाख २९ हजार १८० जनाको मृत्यु भएको छ ।
२० लाख १९ हजार ९४५ जना संक्रमण मुक्त भएका छन् । बितेको २४ घण्टामा ४ हजार ६२६ जनाले ज्यान गुमाएका छन् भने ९६ हजार ९५८ जनामा संक्रमण पुष्टि भएको छ ।
२७ लाख ३० हजार ७७० जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४५ हजार ७९८ जनाको अवस्था गम्भीर छ । नेपालमा ४४४ जनामा कोरोना देखिएको छ । ४५ जना निको भएका छन । दुई जनाको ज्यान गएको छ ।