विषालु जिवाणु फैलिदै गए पछी मानिस तथा जिव जन्तुहरुलाई मिसिसिपी गल्फ कोष्ट वरिपरीको पानीको सम्पर्कमा नजान सुचना जारी गरिएको छ । मिसिसिपी डिपार्टमेण्ट अफ ईन्भाईरोमेन्टल क्वालिटीले पानीमा लगातार विषालु जिवाणु फैलिदै गएपछि गत जुन २२ तारिखदेखि सर्वसाधारणको लागि केही तटहरु बन्द गर्दै आएको थियो । गत ७ तारिख अाईतबारदेखि अलाबामा लाईनका २ वटा तट पनि बन्द गरे पछी मिसिसिपी गल्फ कोष्टका सम्पूर्ण तटहरु बन्द भएका छन् । अर्को सुचना जारी नहुँदासम्म सम्पूर्ण तटहरु बन्द गरिएका हुन् ।
सुन्दर सफा पानीको मिसिसिपी नदिमा अनियन्त्रित रुपमा हानिकारक “अल्बल ब्लुम” नामक हरिया झार उम्रिएर फैलन थाले पछी मिसिसिपी कोष्टका २१ वटा पर्यटकको भिड लाग्ने तटहरु बन्द गरेको मिसिसिपी डिपार्टमेण्ट अफ ईन्भाईरोमेन्टल क्वालिटीले जनाएको छ । सामान्यतया झ्याउ जस्तै देखिने अल्बल ब्लुम समुन्द्र र सफा पानीमा उम्रने गर्दछ । पानीको तापक्रममा आएको परिवर्तन, जलवायुमा आएको परिवर्तन, समुन्द्र तथा खोलामा बहावको गती कम हुनु जस्ता कारणले खोला तथा समुन्द्रमा यस्ता झार उम्रने सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले जनाएको छ । यस्ता झारको संसर्गमा जानेलाई शरीर चिलाउने पेट वरिपरी धर्सा आऊने रिङ्गटा लाग्ने बान्ता हुने जस्ता समस्याहरु देखा पर्ने गर्दछन् ।
मिसिसिपी नदी सामान्यतया पर्यटकका लागि आकर्षक गन्तब्य मानिन्छ । त्यसमा पनि अलाबामादेखि फ्लोरिडासम्मका मिसिसिपीका तटहरु प्रमुख पर्यटकीय गन्तब्य नै हुन् ।
श्रोत : एजेन्सी