वीरगन्ज । पछिल्लो समय समुदायस्तरमा व्यापक फैलिएको कोरोनाले वीरगन्ज महानगरपालिकाका सर्वोच्च नेतृत्वलाई समेत आक्रमण गरेको छ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी कोरोना भाइरसबाट संक्रमित भएका छन्। सरावगीले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
आम नगरवासीको स्वास्थ्यको लागि ख्याल गर्दा गर्दै आफैं संक्रमित भएको उनको भनाई छ । आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै उनले आफु छिट्टै कोरोना जितेर पुनः काममा फर्कने पनि बताएका छन् । भारतको सीमावर्ती क्षेत्र वीरगन्जमा लुकिछिपी आउने भारतीयका कारण जोखिम बढेको छ । प्रशासनले भारतबाट आउने मानिसलाई पक्राउ गरी तत्काल क्वारेन्टिनमा पठाउने गरी अहिले भने निषेधाज्ञा जारी गरेको छ ।