काठमाडौं । वैदेशिक लगानी भित्राउन गैरआवासीय नेपालीलाई सीमा नलागे भएको छ । सरकारले विदेशी लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँमा झार्दै यसमा गैरआवासीय नेपालीलाई भने त्यो सीमा नलाग्ने निर्णय गरेको हो । २८ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको थियो । निर्णय सोमबार रापपत्रमा प्रकाशित भएको हो । अब नेपालमा प्रत्यक्ष विदेशी लगानी ल्याउन चाहनेले न्यूनतम २ करोड रुपैयाँदेखि माथि लगानी भित्र्याउन पाउने छन् । यसअघि यस्तो न्यूनतम सीमा ५ करोड रुपैयाँ थियो ।
इनभेष्टमेन्ट कम्पनीमार्फत लगानी नेपालमा विदेशी लगानी भित्र्याउन चाहने गैरआवासिय नेपाली (एनआरएन)का हकमा भने यस्तो सीमा नलाग्ने व्यवस्था गरिएको छ । १५ जेठ २०७६ देखि सरकारले प्रत्यक्ष विदेशी लगानीको सीमा बढाएर ५ करोड पुर्याएको थियो । साना विदेशी लगानीलाई आर्कषित गर्न लगानीको न्यूनतम सीमा घटाउने निर्णय गरिएको सरकारको दावी छ ।