शंखरापुर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

काठमाडौं/शंखरापुर नगरपालिकाको जहरसिंह पौवामा नगर प्रमुख सुवर्ण श्रेष्ठको अध्यक्षतामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार जहरसिह पौवास्थित स्थानिय सामुदायिक हलमा सम्पन्न कार्यक्रममा उपप्रमुख शुक्र लक्ष्मी श्रेष्ठ ,प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा ,विभीन्न शाखाका प्रमुखहरु,वडा अध्यक्षहरु,नगर कार्यपालिका सदस्य,कर्मचारी र नगरवासीहरुको उपस्थिति रहेको थियो।
मणिचुड मिडियाको सहजीकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासीहरुले आफ्ना समस्याहरु राखेका थिए भने नगरपालिकाले हाल सम्म सम्पन्न गरेका कामहरुका बारेमा जानकारी प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले गराएका थिए।कार्यक्रममा नगरवासिहरुबाट सुझाव समेत संकलन गरिएको थियो।

साथै सार्वजनिक सुनुवाई कार्यक्रममा मणिचुड मिडियाले नगरपालिकाका विभिन्न वडाहरुमा गरिएको स्थलगत अध्ययन मार्फत संकलन गरेको सेवाको सन्तुष्टि,सेवाको नियमितता ,सेवाको गुणस्तर आदि विषयमा उठाएका प्रश्नहरुको नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले जवाफ दिएका थिए।

सार्वजनिक सुनुवाईमा साँखु सम्पदा बस्ति निर्माण,सडक र धुलोको समस्या समाधान ,भूकम्प पिडितहरुको समस्या समाधान,नक्शा पास र निर्माण सम्पन्न गर्दा देखिएका समस्या,काममा हुने ढिलासुस्ती आदिका बारेमा प्रश्नहरु उठान गरिएको थियो।