काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लीगमा मछिन्द्र क्लबले सुखद विजयी सुरुवात गरेको छ।
शनिबारबाट शुरु भएको लीगको उद्घाटन खेलमा मछिन्द्रले बिग्रेड ब्वाइज क्लबमाथि २–० गोल अन्तरको जीत निकालेको हो ।
खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको थियो । मछिन्द्रले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा अर्को गोल थप्यो ।
क्लवका लागि योगेश गुरुङ र दीपक राईले गोल गरेका छन् । खेलको ३०औँ मिनेटमा योगेशले हेड गोल गरेका थिए । ५०औँ मिनेटमा राईले गोल गरका थिए ।
पहिलो जीत निकालेको मछिन्द्रको २ अंक भएको छ । अघिल्लो सिजन १३औं स्थानमा रहेका कारण एन्फाले मछिन्द्रको १ अंक घटाउने निर्णय गरेको छ ।
जीतमा ३ अंक पाउने प्रावधान छ । एन्फाले गत सिजन रेलिगेसन बिनाको लीग आयोजना गरेको थियो । जसअनुसार अन्तिम दुई स्थानमा रहेको टिमको एक र दुई अंक घटाउने निर्णय भएको थियो ।
आगामी खेल मंगलबार च्यासलले संकटा र त्रिभुवन आर्मीले फ्रेन्डस क्लबको सामना गर्ने भएका छन् । २ महिनासम्म चल्ने लीगमा कुल ९१ खेल हुने गरी तालिका मिलाइएको छ ।