शिक्षक हत्यापछि गृहको आकस्मिक बैठक, के आयो निष्कर्ष ?

Photo source : Setopati

काठमाडौं । मंगलबार मोरङमा शिक्षकको विभत्स हत्याको जिम्मेवारी विप्लव समुहले लिएसँगै सरकार उक्त समुहविरुद्ध रणनीति बनाउन जुटेको छ । सोही क्रममा गृह मन्त्रालयले आज सुरक्षा निकायका प्रमुखहरुको आकस्मिक बैठक डाडेको छ ।

बैठकले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह हिंसात्मक गतिविधिमा उन्मुख भएको निष्कर्ष निकालेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बुधबार केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बोलाएका हुन् ।

बैठकमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायत सहभागी भए ।

बैठकमा सुरक्षा निकायका प्रमुखले विप्लव समूहका गतिविधिबारे गृहमन्त्रीसमक्ष रिपोर्टिङ गरेका थिए । गृहमन्त्रीले विप्लव समुहविरुद्ध थप आक्रमक हुन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । समुहविरुद्ध अब प्रहरीले थप निगरानी बढाउने भएको छ ।