न्यूयोर्क/अमेरिका
शेर्पा किदुगले बुधबार निशुल्क तरकारी र फलफुल बाँड्ने भएको छ । ज्याक्सन हाइट वरपर बस्ने नेपाली समुदायलाई केन्द्रित गरी किदुगको भवनमा बुधबार १:३० देखि ३ बजेसम्म सागसब्जी र फलफुल बितरण गरिनेछ । किदुगले ग्रो एनवाइसीसंग मिलेर खानेकुरा वितरण गर्न लागेको हो । किदुगले पहिलो पटक गर्न लागेको यस बितरण कार्यक्रमका लागि न्यूयोर्क सिटी डिस्ट्रिक २५ का काउन्सिल मेम्बर ड्यानियल ड्रमले निशुल्क खानेकुरा उपलब्ध गराएका हुन् ।
बिशेष गरी नेपाली समुदायमा स्वस्थ खानाको पहुच पुर्याउने उदेश्यले किदुगले हरेक साता बितरण गर्ने जनाएको छ । सामान लिनका लागि शेर्पा किदुगमा आएका प्रत्येक ब्यक्तिले स्याउ, सुन्तला, सखरखण्ड, प्याज, लेटेस, सिलान्त्रो, दुध, चामल, राजमा(बिन्स) राखेर तयार पारेको १ प्याकेट लिन पाउने किदुगका अध्यक्ष उर्गेन शेर्पाले जानकारी दिए । ‘ड्यानियल ड्रमले पहिलो साताका लागि हामीलाई निशुल्क खाना उपलब्ध गराएकाले समुदायलाई निशुल्क वितरण गर्ने तयारी गरेका हौं । अर्को साता देखि मेयर अफिस र ग्रो एनवाइसिसंग मिलेर बजार भाउ भन्दा आधा नै सस्तोमा खानेकुरा उपलब्ध गराउने तयारी गरिरहेका छौं ।’ उनका अनुसार आफुहरुले बितरण गर्ने सागसब्जी र फलफुल गुणस्तरीय र ताजा हुनेछ ।
एक ब्यक्तिले ६ वटा स्याउ, २ वटा सुन्तला, २.५ पाउण्ड सखरखण्ड, ३ पाउण्ड प्याज, लेटेस, सिलान्त्रो, दुध, चामल, राजमा राखेर तयार पारेको १ प्याकेट पाउनेछन् । बिरामीका परिवारलाई पहिलो प्राथमिकता दिइने किदुगले जनाएको छ । सामान लिन आउनेहरुले लाइनमा बस्दा ६ फिट दुरी कायम गर्नुपर्नेछ । अहिले बिरामी र संक्रमित परिवारले स्वास्थ र ताजा खानेकुरा खानुपर्ने आवश्यकतालाई मध्येनजर गर्दै वितरण गर्न लागिएको अध्यक्ष शेर्पाले बताए । बुधबार ३ सय जनालाई बितरण गर्ने तयारी गरेका छौं ।
‘एनआरएन र न्यूयोर्कको सहयोग समुहसंग मिलेर घर/घरमा पुर्याउन सकिन्छ कि भनेर हामी छलफल गरिरहेका छौ’ शेर्पाले भने ।
शेर्पा किदुगले बुधबार निशुल्क तरकारी र फलफुल बाँड्ने
