काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्यालले श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग भेटवार्ता गरेकी छिन् । उनीहरुबीच शनिबार साँझ शिष्टाचार भेटवार्ता भएको हो । श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन कोलम्बो पुगेकी मन्त्री पौड्यालले राष्ट्रपति विक्रमासिंघेसँग भेटवार्ता गरेकी हुन् । मन्त्रीको सचिवालयका अनुसार उनीहरूबीच दुई देशबीचको आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।
श्रीलंकका राष्ट्रपति विक्रमासिंघेसँग परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाइ सम्पर्क विस्तार, दुई देशबीच सांस्कृतिक आदानप्रदान, नेपालमा बौद्ध दर्शनको अध्ययनलगायत विषयमा सहकार्य अघि बढाउन आग्रह गरिन् । मन्त्री पौड्यालले भारतका विदेश राज्यमन्त्री, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका विदेशमन्त्रीहरुसँग अलग अलग साइडलाइन भेटवार्ता गरिन् ।
ती देशहरुका विदेशमन्त्रीहरुसँगको भेटमा उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० का गतिविधिलाई सक्रिय बनाउने र सार्क मुलुकहरुबीच आपसी छलफल, सहकार्य सम्पर्क संजाल विस्तार गर्नुपर्नेमा जोड दिइन् । परराष्ट्र मन्त्री पौड्याल श्रीलंकाको भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कनेछिन् ।