काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको शव फेला परेको छ । सोमबार घटनाबारे जानकारी पाएपछि संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको घटनास्थलमा पुगेको टोलीले विभिन्न ठाउँबाट उनीहरुको शव फेला पारेको छ ।
प्रहरी टोलीले एकै परिवारका छ जनाको शवमध्ये घरमुली ससुराको शव घरदेखि ७० मिटर पर फेला पारेको छ । टाउकोमा अलिकति ब्लड देखिएका उनको कोखामा छुरी हानेर हत्या भएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।
त्यसपछि घरभन्दा परको खोल्सीमा सासु र बुहारीको शव भेटिएको छ । छोरा–छोरीको शव भने घरदखि २० मिटर भन्दा माथि प्रहरीले फेला पारेको बताइएको छ । उनीहरुको शव झाडीभित्र रहेको अवस्थामा प्रहरीले फेला पारेको छ ।
बिहान संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा ५७ वर्षीय तेजबहादुर कार्की सहित उनको परीवारका ५ सदस्यको विभत्स हत्या भएको छ ।
उनीहरुको हत्या कस्ले कसरी गर्यो भन्नेबारेमा अझैसम्म खुल्न सकेको छैन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुासर सोमबार बिहान तेजबहादुरको घर वरीपरी शव ढलेको अवस्थामा देखिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोली पनि घटनास्थलतर्फ गइरहेको बताइएको छ । अपराधि भाग्नसक्ने सम्भावित स्थानहरुमा पनि कडाका साथ निगरानी गरिएको प्रहरीको भनाइ छ ।
परिवारकी एक सदस्य भने आँखा नदेख्ने र कान नसुन्ने अवस्थामा भेटिएको प्रहरीको भनाइ छ । हत्या भएको घर एक्लो स्थानमा भएकोले अपराधिले ठूलो घटना घटाएको प्रहरीको भनाइ छ ।
हत्या भएकाहरुमा ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की रहेका छन् ।