संसदमा अझै हटेन एमालेको अवरोध, आज के होला ?

काठमाडौं । संसदमा एमालेले जारी राखेको अवरोध नहट्दा महत्वपूर्ण एजेण्डामाथि छलफल हुन सकेको छैन । प्रतिनिधि सभाको बैठक मंगलबार पनि बस्दै छ । यसअघि सर्वदलीय बैठकमा उपस्थित नभएको एमालले आज पनि बैठक अवरुद्ध गर्नेछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

सोमबार सार्वजनिक सम्भावित कार्यसूचीमा कानुन मन्त्री दिलेन्द्र प्रसाद बडुले यौन हिंसाविरुद्ध र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ प्रस्तुत गर्नेछन् । मंगलार एमसीसी टेवल हुने बताइएको थियो । तर, दलहरुबीचमा अझै सहमति नजुटेका कारण एमसीसी भने टेवल हुने सम्भावना छैन । एमाले मै छँदा सांसदहरुलाई गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको विरोधमा एमालेले संसद अवरोध गरिरहेको छ ।