मुम्बई । विश्व क्रिकेटका एक महान हस्ती सचिन तेन्दुलकरका पुत्र अर्जुन सिनियर टीममा आएका छन् । २१ वर्षिय अर्जुनले मुम्बईको सिनियर टोलीबाट डेब्यु गरेका हुन् । भारतमा जारी सैयद मुश्ताक अली ट्रफी टी २० प्रतियोगितामा शुक्रबार अर्जुनले हरियाणाविरूद्ध मुम्बईबाट डेब्यू खेल खेलेका छन् ।
उनी बलरको रुपमा टीममा आएका हुन् । अर्जुनले डेब्यू म्याचमै विकेट लिन सफल भए । ३ ओभर बलिङ गरेका उनले ३४ रन दिएर एक विकेट झारेका छन् । उनको टीम भने हारेको छ ।
मुम्बईले दिएको १ सय ४४ रनको लक्ष्य हरियाणाले १७.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । अर्जुनको सिनियर टोलीमा डेब्यूसँगै आइपीएल खेल्ने बाटो खुलेको संचारमाध्यमले लेखेका छन् । अर्जुनले यसअघि भारतको १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट टोलीबाट अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।