सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’ मा

Gorakhapatra

काठमाडौं । बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेकोको पेशीको सुनुवाई हेर्न नभ्याइनेमा राखिएको छ। उच्च अदालत पाटनमा पुनरावेदनको आज पेशी चढेको थियो।

न्यायधीश सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा पेशी चढेको थियो। बिहीबार दिउँसो खाजा समयअघि तीन वटा निवेदनमाथि सुनुवाइ भएको थियो।

त्यसपछि एउटा निवेदनमाथि सुनुवाइ भएको छ। पाँचौं नम्बरमा रहेको लामिछानेको निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ। जसले गर्दा आज सुनुवाइ हुने सकेन।

भदौ ५ गते राति नाबालिकालाई लामिछानेले गौशालास्थित एक होटलमा पुर्‍याएर जबर्जस्ती करणी गरेको आरोप छ। १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा उनी पुर्पक्षका लागि जेलमा छन्।